अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

स्याङ्जा । वालिङ नगरपालिका-१४ र भीरकोट नगरपालिका-९ स्थित अँधेरी खोलामा झोलुंगे पुल बनेपछि स्थानीयलाई सहज भएको छ । बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले रु. ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

पुलःनिर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको छ । विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उनले बताए।

यहाँ पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए । पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिए। “पुल बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ । किसानलाई उत्पादित सामान ओसारपसार गर्न र बजारसम्म लैजान सहज भएको हो”, उनले भने।

यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन् । सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताए।

स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अफ्ठयारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताए। स्थानीयको निरन्तर प्रयासपछि एक सय ५२ मिटर लामो पुल बनेको भन्दै बिस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-