अंग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती


जलेश्वर (महोत्तरी) । जिल्ला सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै वृद्धि भएको छ ।

जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या निकै वृद्धि भएको प्रधानाध्यापक विपिनकुमार जोशीले बताए ।

प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा पहिला विद्यार्थी संख्या न्यून रहेको, नियमित नरहेको, विद्यालयमा अनुशासन नहुँदा विद्यार्थी विद्यालय चलिरहेकै समयमा कक्षा छाडेर भाग्ने तथा कतिपय विद्यार्थीले त कुलतमा फसेर विद्यालय परिसरमै अवाञ्छित क्रियाकलापसमेत गर्दै आएकामा अहिले उक्त विद्यालय यस क्षेत्रकै नमूनाका रूपमा विकास हुँदै गएको छ । विद्यालयमा अहिले एक हजार एक सय ६९ विद्यार्थी अध्ययनरत छन् भने थप विद्यार्थीलाई भर्नामा रोक लगाइएको छ ।

कक्षाकोठा तथा अन्य भौतिक संरचना र शिक्षकको अभावका बीच अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएपछि गाउँटोलमा रहेका निजी विद्यालयमा पठनपाठन गरिरहेका बालबालिका जनता मावि आउन थालेका छन् ।

निजी विद्यालयमा भर्ना भएका बालबालिका यस विद्यालयमा आउन थालेकाले विद्यार्थीको चाप निकै बढी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण महतोले बताए । उनका अनुसार कक्षाकोठाको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि थप भर्ना बन्द गर्नुपरेको छ ।

उक्त विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्दा निकै कठिनाइ भए पनि अहिले विद्यार्थी तथा शिक्षक सबैका लागि नयाँ दैनिक शैक्षिक कार्यतालिका लागू गरिएकाले विद्यार्थी तथा शिक्षक अनुशासित भएर आ–आफ्ना जिम्मेवारी पूरा गर्न निर्देश गरिएको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए ।

विद्यालयमा १७ जना शिक्षकको मात्रै दरबन्दी भए पनि विद्यार्थीको चाप बढेपछि र अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न निजी स्रोतबाट अहिले थप नौ जना शिक्षक बहाली गरी जम्मा २६ जना शिक्षकबाट पठनपाठन सञ्चालन गरिएको महतोले बताए ।

अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएपछि निजी स्रोतका शिक्षकको पारिश्रमिक, कक्षाकोठा र नियमित पठनपाठनको व्यवस्थापन गर्न कठिनाइ भएको थियो । तर, विद्यालयमा कार्यरत शिक्षकले आफ्नो काम, कर्तव्यप्रतिको समर्पण, व्यवस्थापन समितिको सक्रियता र अभिभावकको सहयोगमा यो विद्यालय अहिले पूर्ण रूपमा व्यवस्थितका साथ अगाडि बढिरहेको छ । विद्यार्थीको बढ्दो चापकै कारण अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गर्नुपरेको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए । आफ्नो गाउँबस्तीमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदा विद्यार्थी पनि खुसी छन् ।

विद्यालयको आयस्रोत केही नरहेकाले अङ्ग्रेजी माध्यमको पठनपाठन, भौतिक संरचना अभाव र नियमित गुणस्तरीय शिक्षाका लागि निजी स्रोतका शिक्षकलाई तलब सुविधाबापत दिनुपर्ने दायित्व बढेको बताउँदै व्यवस्थापन समितिका अध्यक्ष महतोले विद्यालयलाई आवश्यक सहयोग गरिदिन सम्बन्धित सबै सरोकारवालासँग आग्रह गरेका छन् ।

  • Related Posts

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास…

    सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, मन्त्री घिसिङको अनुगमन

     सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।  गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 121 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 18 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 23 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 15 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 20 views
    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    • December 4, 2025
    • 18 views
    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास