अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विष्टले १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ अनियमितता गरेको भन्दै सोहि बराबरको रकम बिगो माग गर्दै मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको हो ।
विष्टले सार्वजनिक वामा रहँदा पदको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उनीविरुद्ध उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँको स्रोत नखुले पाइएको थियो ।
अख्तियारले नियुक्ति मिति २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको अवधिको अनुसन्धान गरेको जनाएको छ ।
अख्तियारले गैरकानुनी सम्पत्ति प्रयोगमा संलग्न देखिएको भन्दै बिष्टका बुबा सुदर्शन विष्टलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेर मुद्धा दायर गरेको जनाएको छ ।









