अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ गते हुने

काठमाडौँ । लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस संघको चुनाव भदौ १५ गते हुने भएको छ । अन्योलमा लामो समय झुलेको टेबल टेनिस संघले अन्ततः चुनावी प्रक्रियामा जाने भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्‌बाट बनाइएको चुनावी कार्यसमितिले चुनावको मिति टुंगो लगाएको हो । खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्यालसहितको ३ सदस्यीय चुनावी समिति गठन भएको थियो ।

बारम्बार तदर्थ समिति बनाउँदासमेत टेबल टेनिस संघको चुनावको मिति घोषणा हुन नसक्दा हाल राखेपले नै चुनावी समिति गठन गरेको हो । सोही समितिले आएका विवादलाई पन्छाउँदै संघको चुनावको मिति घोषणा गरेको हो ।

तदर्थ समितिको ३ पटकसम्म म्याद थप्दासमेत चुनाव गराउन नसकेपछि टेबल टेनिस संघ कार्यसमिति बिना रिक्त अवस्थामा रहेको थियो । २०७३-७४ सालमा चुनावी प्रक्रिया अगाडि बढ्दा विवाद भए पछि रोकिएको टेबल टेनिस संघको चुनाव अन्ततः हुने भएको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-