अगस्त महिनामा विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन २२ प्रतिशतले बढेको छ । गत बर्षको अगस्त महिनामा भन्दा यस बर्षको अगस्तमा नेपाल आउने विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको अगस्तमा कुल ८८ हजार ६८० विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अगस्तमा ७२ हजार ७१७ पर्यटक आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को अगस्तमा यो संख्या ९४ हजार ७४९ रहेको थियो । 

नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी ५३ प्रतिशत दक्षिण एशियाका रहेका छन् भने अन्य एशियन देशका १७.८ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी युरोपबाट १२.६ प्रतिशत, अमेरिकाबाट ८.२ प्रतिशत पर्यटक अगस्त महिनामा नेपाल आएका छन् । 

त्यस्तै नेपाल आउने सबैभन्दा बढी पर्यटक छिमेकी देश भारतका रहेका छन् ।  अगस्त महिनामा मात्र नेपालमा ३५ हजार ५०५ भारतीय नेपाल आएका छन् ।  त्यस्तै अर्को छिमेकी मुलक चीनबाट ७ हजार ५३३ जना नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट अगस्त महिनामा ६ हजार ६८ जना आएका छन् भने श्रीलंकाबाट ५ हजार ९५६ जना नेपाल आएका छन् । त्यस्तै बंगलादेशबाट ४ हजार २६२ जना, बेलायतबाट २ हजार ९४७, जापानबाट २ हजार ३९९, अस्ट्रेलियाबाट २ हजार २२३ जना, इटालीबाट एक हजार ७५१ र स्पेनबाट एक हजार ४९१ जना पर्यटक अगस्त महिनामा नेपाल आएका छन् । 

  • Related Posts

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फेब्रुअरीको मध्यमा संसदीय चुनाव र जुलाई बडापत्रमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । आज दिउँसो राष्ट्रलाई २० मिनेटको टेलिभिजन सम्बोधनमा…

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से १.१३ अंकले बढेर २५४५.७३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका ७६ लाख ५ हजार ५८४ कित्ता शेयर ३…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह