अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ, १७ असार : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको बताउनुभएको छ ।

पूर्वसांसद मञ्च नेपालको २४औँं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकाले नयाँ पिँढीका सांसदलाई आवश्यक रहेको धारणा राख्नुभयो । संसद्को प्रभावकारिता बढाउन अग्रजहरुको अनुभव नयाँ पिँढीलाई प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“लामो संसदीय अनुभव र क्षमतावान् व्यक्तित्व रहेको पूर्वसांसद मञ्चले दिने सुझाव संसद्, सरकार र राष्ट्रका लागि महत्वपूर्ण हुने कुरामा दुई मत छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “मञ्चले सङ्घीय संसद्लाई सल्लाह सुझाव र आवश्यक परामर्श दिँदै आएको छ, यसले संसद्को प्रभावकारितामा महत्वपूर्ण सहयोग पुगेको महसुस गरेको छु ।” संविधान निर्माणको बेलामा मञ्चले खेलेको भूमिकाबारे चर्चा गर्दै उहाँले आगामी दिनमा मुलुकमा राजनीतिक जटिलता आएमा सकारात्मक परिणामका लागि अनुभवी तथा पुराना सांसदहरुको सक्रियता र सुझाव आवश्यक हुने बताउनुभयो ।

नेपाली जनताको त्याग, तपस्या र बलिदानका कारण मुलुकले नयाँ संविधान पाएको चर्चा गर्दै अध्यक्ष दाहालले अहिलेको संविधानलाई केन्द्रमा राखेर सबै एकजुट भई अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । दलीय आग्रहबाट माथि उठेर राष्ट्रसामु देखा परेका समस्या समाधानमा साझा धारणा बनाउने पूर्वसांसद मञ्चको कार्यशैलीबारे प्रशंसा गर्दै उहाँले समयानुकूल संस्थाको विश्वसनीयतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

नेपालको छ दशक लामो संसदीय इतिहासमा राजनीतिक फेरबदल र उतारचढाव धेरै भएको उल्लेख गर्दै राष्ट्रियसभा अध्यक्ष दाहालले संसदीय इतिहासमा पूर्वसांसद मञ्च संसद्को परामर्शदातृ संस्थाका रुपमा रहेको बताउनुभयो । अहिले पनि सङ्घीय संसद्का दुवै सदनले नियमावलीमा परामर्श सेवा दिने संस्थाका रुपमा मञ्चलाई लिएको उहाँको भनाइ छ । कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटसहित राष्ट्रियसभा र प्रतिनिधिसभाका पूर्वसदस्यहरुको सहभागिता थियो ।

  • Related Posts

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०२ फागुन । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बिहीबार दिउँसो करिब ०३:०० बजेको समयमा मानव वेचविखन मा संलग्न दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ…

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    मुना न्यौपाने काठमाडौँ, फागुन २ गते । नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन जारी छ । बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ । नेतृत्वका लागि हालका…

    पहिलो

    मानव बेचबिखन कार्यमा सलंग्न एक जना भारतिय सहित दुई जना पक्राउ-

    • February 14, 2025
    • 40 views
    मानव बेचबिखन कार्यमा सलंग्न एक जना  भारतिय सहित दुई जना पक्राउ-

    नेपाल निजामती कर्मचारी संगठनको चुनाव आजै राती ११ बजेपछि : रेवन्त र भवानीबिच प्रतिस्पर्धा

    • February 14, 2025
    • 4 views

    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    • February 14, 2025
    • 20 views
    पर्सा प्रहरी द्वारा चरेश सहित एक जना मानिस पक्राउ-

    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    • February 13, 2025
    • 46 views
    माँग सम्बोधन नभए सम्म हाम्रो फण्डाफोर अभियान जारी रहनेछ- केन्द्रीय सदस्य समानी

    गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु उच्च अदालतद्वारा आदेश जारी

    • February 13, 2025
    • 32 views

    चावहिल मैजुबहालअवस्थित कुमारी मन्दिरमा पूजाअर्जना

    • February 13, 2025
    • 29 views