अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

 नेपाली काँग्रेसले बोलाएको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन ।

विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न नसकेको हो । 

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता सकिएको छ । दुवै पक्षबीचको वार्ता सहमतिमा पुग्न भने सकेको छैन ।  विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवाले सक्रिय राजनीति छोड्नुपर्ने शर्त राखेको र सो विषयमा छलफल गर्न संस्थापन पक्षले बार्ता स्थगित भएको नेताहरुले बताएका छन् ।  फेरी अर्को वार्ता हुने बताइएको छ ।

विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् ।

वार्ता चलिरहेका बेला भृकुटीमण्डपमा बन्दसत्र भने समापनतर्फ उन्मुख हुदै निर्वाचनको प्रक्रिया चलिरहेको छ । निर्वाचन समितिले साढे ७ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ  ।

Single Image
  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 9 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 7 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 9 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 10 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 15 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ