अध्यक्ष ओलीको टिप्पणीबाट दुखि छु, निराश र विचलित छैन- योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक बिषयमा सार्वजनिक बहस नगर्ने बताएका छन् ।

नेता भट्टराईले आफुले टिकट नपाएपनि आफु निरास र विचलित नभएको भन्दै आफ्नो मिसन सुर्य चिन्ह र एमाले भएको स्पष्ट गरेका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट चिन्तित र दुःखी भएको बताउदै कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने आफुलाई बिश्वास नभएको बताएका छन् ।

भट्टराईले ओलीले हालै दिएको एक अन्तर्वार्तामा आफूसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा र विन्दा पाण्डेको बारेमा अध्यक्ष ओलीले गरेको टिप्पणी प्रति दुख गरेका छन् ।

ओलीले सो अन्तर्वार्तामा भनेका थिए- ‘सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ?’

ताप्लेजुङबाट अघिल्लो निर्वाचन जितेका भट्टराईलाई यस पटक एमालेले टिकट दिएको छैन ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ