अनन्त तामाङ भन्छन्- हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् !

काठमाडौँ , अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालका भेट्रान डिफेन्डर अनन्त तामाङले एन्फाको निर्णयप्रति असन्तुष्टि जनाउदै खेलाडीलाई जिउदै नमार्न आग्रह गरेका छन् ।

अनन्तले खेलाडीको अभिभावक संस्था एन्फाले क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गरेको उल्लेख गर्दै आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि भएको र आज साविक विजेता त्याग भारी भएको बताएका छन् ।

अनन्तले भनेका छन्: 

हामी खेलाडीको अभिभावक संस्था एन्फाले आज क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो । म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ । सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थें, तर त्यो सौभाग्य मैले पाउन सकिन । हाल बंगलादेशको क्लबसँग आवद्द रहेपनि हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ । आज मलाई साविक विजेताको ट्याग भारी भएको छ । म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैंभर होइन । लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौ खेलाडीको लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औंला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् ।

सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरेपछि यसको आलोचना भइरहेको छ ।

  • Related Posts

    वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…

    भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह