
(2081-04-14).सामाजिक संजाल, Facebook, Whatsapp लगायतका Apps हरुको दुरुपयोग गरी पिडितहरुलाई डलर, कम्प्युटर, ल्यापटप, iPhone सहितको लगेज र विदेशमा रहेको व्यक्तिको Covid ले मृत्यु भएको र निज मृतकको नाममा नेशनल बैंकको खातामा रहेको रकम लिन भनि उत्तराधिकारी बनाई प्रलोभनमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाताहरुमा रु.५६,१०,६९९।– ( अक्षरेपि छपन्न लाख दश हजार छ सय उनान्सय मात्र) रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको इम्तियाज अहमदलाई मिति २०८१।०४।१३ गते जिल्ला सिराहा लाहान न.पा वडा नं. ३ बाट पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।