अन्तरराष्ट्रिय भगिनी सम्बन्धबाट नागरिक कुटनीतिक साइनो स्थापित गर्नुपर्छ- डंगोल

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, नगरहरुबिचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कुटनीतिक साइनोका रुपमा स्थापित गराउनु पर्ने बताएकी छन् ।

विहिबार सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा र काठमाडौँ फेडरिसवर्ग भगिनी नागरिक समितिका पदाधिकारीहरु रामरोहन पन्त, सिर्जना सिथिखुसहितका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्- ‘सहरहरुका बिचका साझा मुद्दाहरु पहिचान गरौँ । आपसी कार्यक्रम तय गरौँ । नागरिक कुटनीतिक साइनो निर्माण हुने अर्थपूर्ण सम्बन्धमा सक्रिय बनौँ । नागरिकलाई लाभ हुने कार्यक्रम दिगो र प्रभावकारी हुन्छन् ।’

भेटका क्रममा कापाराले, सिटी अफ फेडरिसवर्गका मेयर केरी डेभिनले कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५०औँ स्वतन्त्र दिवसका अवसर पारेर नगरले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पठाएको निमन्त्रणा प्रदान गरेका थिए । पत्रमा मेयर डेभिनले दुई नगरबिच फोहर व्यवस्थापन, वातावरणीय सुधार, युवा नेतृत्व विकास, सांस्कृतिक पर्यटन, विश्वविद्यालयका विद्यार्थीहरुका बिच सिकाइ आदान प्रदानका लागि आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् । कापाराले सिस्टर सिटी इन्टरनेशनलको ७०औँ वार्षिकोत्सवका अवसरमा जुलाई २०२६ मा वासिङ्टनमा आयोजना हुने कार्यक्रममा निमन्त्रणा दिएका छन् । 

यी कार्यक्रमका बारेमा जानकारी दिँदै कापाराले, संयुक्त राज्य अमेरिकाका अधिकांश स्थानमा नेपाली समुदाय रहेको उल्लेख गर्दै नगर–नगर बिचको सम्बन्धमा यो समुदायलाई जोडेर आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरे । 

काठमाडौँ फेडरिसवर्ग भगिनी सम्बन्धका लागि २०७४ असोज २४ गते (१० अक्टोवर २०१७) हस्ताक्षर भएको थियो । यसका लागि २०७२ सालदेखि पत्र आदानप्रदान हुन थालेको थियो । 

  • Related Posts

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

     गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड चैत्र १८ गतेदेखि बैशाख २ गतेसम्म १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । गोसाईकुण्ड गाउँपालिकाले सुचना प्रकाशित गर्दै सो सडक…

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल ल्याइएको…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 28 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 14 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 23 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना