
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०१ असार । संयुक्त राष्ट्र संघले ११ डिसेम्बर २०१४ मा जुन २१ लाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गर्यो । अन्तर्राष्ट्रिय योग दिवस स्थापना गर्ने मस्यौदा प्रस्ताव भारतले प्रस्ताव गरेको थियो र नेपाल सहित रेकर्ड १ सय ७७ सदस्य राष्ट्रहरूले यस लाई समर्थन गरेका थिए । संयुक्त राष्ट्र संघको ६९ औं महासभामा प्रस्ताव प्रस्तुत गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले भन्नु भएको थियो कि “योगले मन र शरीरको एकता, विचार र कार्य, संयम र पूर्णता, मानिस र प्रकृति बीचको सामन्जस्य, स्वास्थ्य र कल्याणको लागि एक समग्र दृष्टिकोणलाई मूर्त रूप दिन्छ । यो केवल शारीरिक व्यायाम मात्र होइन तर आफू, संसार र प्रकृति सँग एकताको भावना पत्ता लगाउने तरिका पनि हो।“ हाम्रो जीवन शैली परिवर्तन गरेर तथा जागरूकता सिर्जना गरेर यसले हामीलाई जलवायु परिवर्तन सँग लड्न पनि मद्दत गर्न सक्छ ।“ अन्तर्राष्ट्रिय योग दिवसको उद्देश्य योग अभ्यासका बहुविध फाइदाहरूको बारेमा विश्वभर जागरूकता जगाउनु हो ।
‘योग’ शब्द संस्कृतबाट आएको हो र यसको अर्थ जोड्नु वा एकता बद्ध हुनु हो, जुन शरीर र चेतनाको मिलनको प्रतीक हो । योग मूलतः एक आध्यात्मिक अनुशासन वा प्रक्रिया हो जुन मन र शरीर बीच सामन्जस्य ल्याउनमा केन्द्रित छ । योगमा विभिन्न आसनहरू, श्वासप्रश्वास प्रविधिहरू र ध्यान मार्फत मनलाई तालिम दिन विभिन्न प्रविधिहरू समावेश छन् । योगको निरन्तर अभ्यासले व्यक्तिले शारीरिक र मानसिक दुवै रूपमा स्वास्थ्य लाभ प्राप्त गर्न सक्छ र पछि आत्म-साक्षात्कार पनि प्राप्त गर्न सक्छ । हालसम्म, अन्तर्राष्ट्रिय योग दिवसका १० संस्करणहरू सफलतापूर्वक आयोजना गरिएका छन् । विगत केही वर्षहरूमा योग र यसको अपार स्वास्थ्य लाभका कारण विश्वभररि नै धेरै लोकप्रिय भएको छ ।
यस वर्ष ११ औं अन्तर्राष्ट्रिय योग दिवस “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने नाराका साथ मनाइँदैछ, जसले व्यक्तिगत स्वास्थ्य र ग्रह स्वास्थ्य अविभाज्य रूपमा जोडिएको छ भन्ने महत्त्वपूर्ण सत्यलाई प्रतिध्वनित गर्दछ । योगले शरीरलाई बलियो बनाउँछ, मनलाई शान्त बनाउँछ र दैनिक जीवनमा जागरूकता र जिम्मेवारीको भावना बढाउँछ । यो जागरूकताले व्यक्तिलाई स्वस्थ र खुसी जीवनशैली छनौट गर्न अनुमति दिन्छ । आफ्नो ख्याल राखेर, हामी हाम्रो वरपरको वातावरण सहित सम्पूर्ण पृथ्वी र संसारको पनि ख्याल राख्न थाल्छौं, जसले हाम्रो परम्परागत सिद्धान्त वसुधैव कुटुंबकम जसको अर्थ संसार एक परिवार हो, लाई प्रतिबिम्बित गर्दछ ।
विगतका वर्षहरू झै, भारतीय महावाणिज्य दूतावासले यस वर्ष पनि विभिन्न स्थानहरूमा योग कार्यक्रमहरू आयोजना गर्न विभिन्न स्थानीय अधिकारीहरू र संस्थाहरूसँगको सहकार्यमा काम गर्नेछ, जसको विवरण पनि उल्लेख गरिएको छ ।कार्यक्रमको शुरुवात नारायणी नदी किनार (उद्योग वाणिज्य संघ, चितवन नजिक), भरतपुर (चितवन) 16 जून 2025 विहान 5:30 बजे, रॉयल पार्टी पैलेस, हेटौडा (मकवानपुर जिल्ला) 17 जून 2025 विहान 5:30 बजे, श्री सरस्वती उच्च माध्यमिक विद्यालय, पिपरा भलोहिया, श्री दुर्गा भगवती गाउँपालिका, (रौतहट) 18 जून 2025 बिहान 5:30 बजे हुनेछ ।
यसै गरि तिरहुतिया गाछी, जनकपुरधाम (धनुषा जिल्ला) 19 जून 2025 विहान 5:30 बजे, विवाह मंडप परिसर, गढ़ीमाई मंदिर नजिक (बारा जिल्ला) 20 जून 2025 विहान 5:30 बजे र शंकराचार्य द्वार, बीरगंज (पर्सा जिल्ला) 21 जून 2025 विहान 5:30 बजे हुने कुरा आज को पत्रकार सम्मेलन मार्फत भारतिय महावाणिज्य दूतावास, बीरगंज, नेपाल का महावाणिज्य दूत देबी सहाय मीना ले बताएका छन् ।
यसै गरि श्री दुर्गा भगवती गाउँपालिका र गढीमाई नगरपालिकाको सक्रिय सहभागितामा पिप्रा भलोहिया (श्री दुर्गा भगवती गाउँपालिका, रौतहट) र गढीमाईमा योग समारोह आयोजना गरिँदैछ । सबै कार्यक्रमहरूमा वरिष्ठ गणमान्य व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। बिरगंजमा पनि, यो कार्यक्रम २१ जुन २०२५ मा नेपालको प्रवेश द्वारको रूपमा चिनिने प्रतिष्ठित शंकराचार्य द्वारमा आयोजना गरिने छ ।साथै यी कार्यक्रमहरू सबैका लागि नि:शुल्क र खुला हुनेछन्। पहिले आउनेलाई पहिले सेवा दिने आधारमा ठाउँ उपलब्ध गराइनेछ । सहभागीहरूलाई कार्यक्रम स्थलमा धेरै पहिले नै पुग्न पनि सल्लाह दिइएको छ ।