अफगानिस्तानका मोहम्मद नबीलाई आईसीसीद्वारा जरिवाना

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाविरुद्धको आचारसंहिता उल्लंघन गरेको आरोपमा अफगानिस्तानका अलराउन्डर मोहम्मद नबीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।

आईसीसीले नबीलाई लेभल–१ को आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उनको म्याच फीको १५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको हो । उनले खेलाडी तथा खेल सहयोगी स्टाफसम्बन्धी आईसीसी आचारसंहिताको धारा २.४ उल्लंघन गरेको जनाइएको छ, जुन अन्तर्राष्ट्रिय खेलका क्रममा अम्पायरको निर्देशन अवज्ञा गर्नेसँग सम्बन्धित छ ।

घटना अफगानिस्तानको इनिङ्सको १४औँ ओभर सुरु हुनुअघि भएको थियो । उक्त समयमा नबीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडीले लगाएको हातको ब्यान्ड (रिस्ट ब्यान्ड) सम्बन्धमा अम्पायरसँग विवाद गरेका थिए । सो क्रममा अम्पायरको निर्देशन नमानिएको भन्दै आईसीसीले कारबाही गरेको हो ।

यो खेल भने अत्यन्त रोमाञ्चक बनेको थियो । निर्धारित ओभरमा नतिजा ननिस्किएपछि दुई पटक ‘सुपर ओभर’ खेलाइएको थियो । अन्ततः दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गर्दै जित हात पारेको थियो ।

  • Related Posts

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका  स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाले विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्ने बताएका छन् ।  प्रशिक्षकमा नियुक्त भएपछि पहिलो पटक शुक्रबार…

    गिल र द्रविडलाई बार्षिक पुरस्कारबाट सम्मान गर्दै भारतीय क्रिकेट बोर्ड

    भारतीय क्रिकेट नियन्त्रण बोर्डले यस वर्षको ‘क्रिकेटर अफ द इयर’ पुरस्कार भारतीय टेस्ट र एकदिवसीय टोलीका कप्तान शुभमन गिललाई प्रदान गर्ने भएको छ । त्यस्तै भारतका पूर्व खेलाडी तथा पूर्व…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 28 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 14 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 23 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना