बीरगंज, ०८ बैशाख । नम्बर उल्लेख नभएको भारतीय ट्रयाक्टर भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार बुधबार वडा प्रहरी कार्यालय नगवाबाट खटी गएको गस्ती टोलीले खोजतलास गर्दै जाने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिसफिट्टे सडकखण्डमा नम्बर उल्लेख नभएको भारतीय Eicher ट्रयाक्टर सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त ट्रयाक्टरलाई बरामद गरी रू. ५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा पर्सा प्रहरीले जनाएको छ ।

साथै सोही दिन राति करिब ०७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितबाट अवैध रूपमा Binova Olya Pl प्रोटिन पाउडर भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई रू.१ लाख ७५ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा पनि पर्सा प्रहरीले जनाएको छ ।