अब आमाको नामबाट वंशजको आधारमा नागरिकता लिन सहज

काठमाडौँ , राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै अब आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुने भएको छ । यसअघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिइँदै आएको थियो । 

‘नेपाली नागरिकता ऐन २०६३’ संशोधन भएसँगै बाबुको पहिचान हुन नसकेको वा आमाले ‘बाबु यिनै व्यक्ति हुन्’ भनी पहिचान नगरे पनि आमाको नामबाट वंशजको नागरिकता प्राप्तिको लागि सहज हुने भएको हो ।

नागरिकता ऐनको दफा २ को उपदफा ५(क) मा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भएता पनि बाबुको नाम खुलाउन नसकेको भनी निज र निजका आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजले उपदफा ५ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गरिनेछ ।’

साथै उपदफा ५ (१) को उपदफा ३ को खण्ड ‘ग’मा नेपाली नागरिकताका लागि निवेदन दिँदाका बखतमा आमाको मृत्यु भइसकेकोमा सोको प्रमाण वा होस् ठेगानामा नरहेकोमा सोही बेहोरा खुलाई चिकित्सकले प्रमाणीकरण गरेमा आमाको स्वघोषणा आवश्यक नपर्ने उल्लेख छ । 

साथै नागरिकता ऐनमा नेपाली नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको वा बाबुको पहिचान नभएको व्यक्ति र निजको आमाले तोकिए बमोजिम स्वघोषणा गरेमा पनि अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । 

नयाँ ऐनले बाबु वा आमामध्ये आफूले रोजेको थर र ठेगाना राख्ने अधिकार सन्तानहरूलाई दिएको छ । ‘यस ऐनबमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिने छ,’ ऐनमा थपिएको दफा ८ (क)मा भनिएको छ । सर्वोच्च अदालतले यसअघि पनि सन्तानलाई बाबु वा आमाको थर र ठेगाना रोजेर नागरिकता दिन सकिने नजिर कायम गरेको थियो । तर त्यो व्यवहारमा सहज रूपमा लागु भएको थिएन ।

  • Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 19 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 26 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 30 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 23 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 32 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट