अभिनेता विजयको सभामा भागदौड हुदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौँ । अभिनेताबाट नेता बनेका विजयको र्‍यालीमा भारतको तमिलनाडुको करूरमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले भागदौडमा ३९ जनाको मृत्यु भएको र कुल ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनद्वारा जारी विज्ञप्तिमा मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरिएको छ ।

अभिनेता विजयले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आफू गहिरो पीडामा रहेको पनि बताएका छन् । घटनाको अनुसन्धान गर्न सेवानिवृत्त उच्च अदालतका न्यायाधीश अरुणा जगदीसनको नेतृत्वमा एक सदस्यीय अनुसन्धान आयोग गठन गरिएको छ । शनिबार साँझ विजयले करूरमा तमिलनाडु भेट्टी कढगम पार्टीको र्‍यालीलाई सम्बोधन गरिरहेको बेला भागदौड हुदा धेरै मानिसहरु बेहोस बनेका थिए ।

विजयले भनेका छन्- ‘मेरो मन भाँचिएको छ। म शब्दहरूले वर्णन गर्न नसक्ने असह्य पीडा र दुःखमा छु । करुरमा ज्यान गुमाउने हाम्रा प्रिय दाजुभाइ दिदीबहिनीहरूका परिवारहरूप्रति म गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दछु । अस्पतालमा उपचार गराइरहेकाहरूको शीघ्र स्वास्थ्यलाभको लागि म प्रार्थना गर्दछु ।’

मिडिया रिपोर्टका अनुसार ३० हजारको सभा गर्न अनुमति दिइएकोमा ६० हजार भन्दा बढी उपस्थित भएका थिए । त्यस्तै तोकिएको समयभन्दा अभिनेता विजय ६ घण्टा ढिलो गरि सभामा आएको बताइएको छ । दिउसो ३ बजेदेखि राती ११ बजेसम्मका लागि अनुमति दिइएकोमा बिहान ११ बजेदेखि नै मानिसहरुको भिड लागेको थियो । अभिनेता विजय साँझ ७ बजेमात्र सभा स्थलमा पुगेर आफ्नो भषण शुरु गरेका थिए । लामो समयको भोक, प्यास र भिडका कारण यो घटना भएको विश्लेषण गरिएको छ ।

दुर्घटनापछि तमिलनाडुका मुख्यमन्त्री स्टालिनले जिल्लामा आपतकालीन प्रोटोकल लागू गर्न आदेश दिएका छन् । यद्यपि, मृत्यु हुनेको संख्या बढ्न सक्ने भनिएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले दुर्घटनामा शोक व्यक्त गरेकी छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा शोक व्यक्त गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ कार्तिक । वीरगंज महानगरपालिकालाई यहाँ स्थित भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ । गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा…

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फेब्रुअरीको मध्यमा संसदीय चुनाव र जुलाई बडापत्रमा जनमत संग्रह गर्ने घोषणा गरेका छन् । आज दिउँसो राष्ट्रलाई २० मिनेटको टेलिभिजन सम्बोधनमा…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 70 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 18 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 16 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह