अमनप्रताप अधिकारीको प्रष्टीकरण- जोप्रति लक्षित गरेर अपशब्द बोलेको हो, त्यसमा पछुतो छैन

काठमाडौँ । अमनप्रताप अधिकारीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते संसद भवन परिसरमा आगजनीका क्रममा अपशब्द बोलेको प्रति स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि र उनको त्यति बेलाको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन् । 

अधिकारीले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आफूले अपशब्द बोलेको बताएका छन् । उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध अपशब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफीसमेत मागेका छन् । 

साथै अधिकारीले आफुले जसलाई लक्षित गरेर अपशब्द बोलेको हो त्यसमा आफूलाई पछुतो नभएको बताएका छन् ।

उनले भनेका छन्-  ‘भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए । २४ गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । …गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ । अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जोविरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ ।’ 

उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् र प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन् । अधिकारीले भदौ २४ गते पोष्ट गरेको भिडियोमा ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए र अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

  • Related Posts

    लिङ्देन र थापाबीच भेटवार्ता

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।…

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    • November 11, 2025
    • 73 views
    नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिका बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न-

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 62 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 62 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 55 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 46 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 43 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक