अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूका लागि जारी गर्यो सुरक्षा सतर्कता

अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूका लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

इरानमा सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट अवरोधहरू जारी रहेको जानकारी दिदै अमेरिकी नागरिकहरूलाई सञ्चारका वैकल्पिक माध्यमहरू खोज्न र सुरक्षा सुनिश्चित गरेर आर्मेनिया वा टर्की हुँदै इरान छोड्ने विचार गर्न सल्लाह दिइएको छ ।

इरानका लागि अमेरिकाको भर्चुअल दुताबासले भनेको छ- ‘इरानी सरकारले मोबाइल फोन, ल्यान्डलाइन र राष्ट्रिय इन्टरनेट नेटवर्कमा पहुँच प्रतिबन्धित गरिरहेको छ । एयरलाइन्सहरूले इरान जाने र जाने उडानहरू सीमित वा रद्द गरिरहेका छन् ।’

यसैवीच इरान र अमेरिका बीचको आणविक वार्ता आज ओमानको राजधानी मस्कटमा हुदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न नयाँ सम्झौता नगरेसम्म इरान विरुद्ध सैन्य कारबाही गर्ने धम्की दिइरहेका छन् ।

इरानले आणविक मुद्दामा छलफल गर्न इच्छुक रहेको बताएको छ, तर आफ्नो क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने जस्ता मागहरूमा छलफल नगर्ने स्पष्ट गरेको छ । 

  • Related Posts

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई…

    बहराइनमा क्षेप्यास्त्रका टुक्रा खस्दा तीन जना घाइते

    बहराइनमा इरानले गरेको आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्राले लागेर कम्तीमा तीन जना घाइते भएका छन् । बहराइनको गृह मन्त्रालयले ईरानतर्फबाट भएको आक्रमणका बेला झरेका क्षेप्यास्त्रका अवशेषका कारण उनीहरू घाइते भएको…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो