अमेरिकासँग तनाव बढिरहेका बेला क्युबाले गर्यो युद्ध तयारीको समीक्षा

 संयुक्त राज्य अमेरिकासँग बढ्दो तनावका बीच क्युबाले आफ्नो युद्ध तयारीको समीक्षा गरेको छ ।

राज्य सञ्चारमाध्यमका अनुसार, युद्ध जस्तो अवस्थामा अपनाइने योजना र उपायहरूबारे छलफल गर्न देशको राष्ट्रिय रक्षा समितिको बैठक बसेर समीक्षा गरेको हो ।

यो बैठक यस्तो समयमा भएको हो जब जनवरी २ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकाले हिरासतमा लिएपछि अमेरिका-क्युबा सम्बन्धमा तनाव उल्लेखनीय रूपमा बढेको छ ।

क्युबाको राष्ट्रिय रक्षा समिति युद्ध वा प्राकृतिक प्रकोपको अवस्थामा सम्पूर्ण देशको कमान्ड लिने जिम्मेवारी राख्छ । सरकारी विज्ञप्ति अनुसार, बैठकको उद्देश्य नेतृत्व र प्रशासनिक उपकरणको तयारी र समन्वयलाई बलियो बनाउनु थियो। बैठकले अर्को देशसँग द्वन्द्वको अवस्थामा क्युबा कसरी ‘युद्धको अवस्थामा’ जान्छ भन्ने विश्लेषण गरेको बताइएको छ । 

मादुरोलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यूबालाई निरन्तर धम्की दिदै आएका छन् ।

  • Related Posts

    ट्रम्पले दिए रुस-युक्रेन अन्त्य गर्न जुनसम्मको डेडलाइन

    संयुक्त राज्य अमेरिकाले युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्न जुन महिनाको समयसीमा तोकेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो जानकारी दिएका छन् । उनले अमेरिकाले यस समयसीमा भित्र…

    बंगलादेशले ३५ बर्षपछि नयाँ प्रधानमन्त्री पाउदै

    बंगलादेशमा फेब्रुअरी १२ मा संसदीय चुनाव हुने तालिका छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामा र खालिदा जियाको मृत्युपछि यो पहिलो चुनाव हो । यी दुई नेताले १९९१ देखि २०२४…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 2 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 147 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा