अर्थमा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात, अर्थमन्त्रीबाट फाइल स्वीकृत गरी शुभारम्भ

काठमाडौँ । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले प्रणालीको शुभारम्भ गरेका छन् ।

सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकिकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको छ। 

उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरि विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरि सम्पादन गर्नु पर्ने गरि व्यवस्था गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा सीघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा मन्त्रालयको रहेको छ  ।

  • Related Posts

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ३८ हजार ३ सयमा…

    नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ५ करोडको कारोबार

    काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट