अल नासरसँग रोनाल्डो असन्तुष्ट !

 क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा असन्तुष्ट भएको रिपोर्ट बाहिरिएको छ । सोमबार राति भएको अल नासरको खेलमा रोनाल्डो टिममा नभएपछि अनेक अड्कलबाजी शुरु भएको छ ।

केहि मिडिया रिपोर्टका अनुसार नयाँ खेलाडी भित्र्याउने बारे क्लब व्यवस्थापन र रोनाल्डोबीच विवाद भएपछि यस खेलमा उनी टिममा समावेश भएका छैनन् ।

अल नासरलाई साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फण्डले व्यवस्थापन गर्दछ । रोनाल्डो फण्डले अन्य क्लबको तुलनामा अल नासरलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्ट भएको बताइएको छ । रोनाल्डोले अझै खेलाडी भित्राएर लिगमा नतिजा ल्याउने गरि खेल्नुपर्ने दबाब दिएपछि व्यवस्थापन असन्तुष्ट भएको पोर्चुगलको ‘अ बोला’ मिडिया आउटलेटले उल्लेख गरेको छ । यसै कारणले रोनाल्डो आज हुने अल रियादविरुद्धको खेलमा टिममा सामेल नभएको बताइएको छ ।

त्यस्तै केहि मिडिया आउटलेटहरुले रोनाल्डो अमेरिका जान सक्ने बताएका छन् । फुटबलमा आफ्नो क्यारियरको अन्तिम चरणमा रहेका कारण रोनाल्डोले हलिवुडमा जान खोजिरहेको र त्यसका लागि अमेरिकन मेजर लिग सकरमा जानसक्ने विश्लेषण गरिएको छ । यस बर्ष अमेरिकामा विश्वकप फुटबल समेत हुन लागेकोले रोनाल्डो त्यसअघि नै अमेरिकन लिगमा जान सक्ने विश्लेषण गरिएको छ ।

  • Related Posts

    इङल्याण्डसँग नेपाल ४ रनले पराजित

    नेपाल इङल्याण्डसँग ४ रनले पराजित भएको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन…

    नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित आउट

    नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल ३९ रन बनाएर आउट भएका हुन् । उनलाई लियाम डवसनले आउट गरेका हुन् ।  इङल्याण्डले दिएको १८५ रनको लक्ष्य पछाएको…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 3 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 149 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा