अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुल्यो

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले पहिरो जाँदा आइतबार साँझदेखि सडक अवरुद्ध भएको थियो । पानी निरन्तर रूपमा परिरहे पनि दुई वटा जेसिबीले सो स्थानमा खसेको विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानबाट सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीसहरबाट काठमाडौँ, तनहुँ, पोखरा जाँदै गरेका र सो स्थानबाट बेँसीसहर आउँदै गरेका सवारीसाधन सो स्थानमा अलपत्र परे पनि अहिले गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताए ।

विगत तीन वर्षदेखि निरन्तर बर्सेनि वर्षायाममा सबैभन्दा बढी सो स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनाउँदै आउँदा यात्री समस्यामा पर्दै आएका छन् । मनाङवासी, बेँसीसहरलगायत स्थानीय, सङ्घीय राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरालगायत स्थानमा पुग्ने एकमात्र यस सडक बेँसीसहरबाट डुम्रे तनहुँसम्म ४२ किलोमिटरको दूरी रहेको छ ।

  • Related Posts

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता…

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    काठमाडौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्र मास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा…

    पहिलो

    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 53 views
    नेपाल प्रहरी प्रदेश कार्यालय द्वारा अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत निरीक्षण एवम् निर्देशन कार्यक्रम सम्पन्न-

    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    • January 16, 2025
    • 77 views
    श्री मिथिला सेवा समाज नेपालगन्जको स्थापना दिबस, रक्तदान, सम्मान तथा संस्कृतिक सर्यक्रम सम्पन्न-

    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    • January 15, 2025
    • 39 views
    बिरगंज महानगरपालिका वडा नं. ०९ द्वारा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल र इलेक्ट्रिक जग वितरण-

    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    • January 14, 2025
    • 61 views
    पोखरीया नगरपालिका द्वारा १० औं राष्ट्रिय योग दिवस २०८१ मनाइयो-

    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    • January 13, 2025
    • 19 views
    हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु

    • January 13, 2025
    • 15 views
    पौष शुक्ल पूर्णिमा: स्वस्थानी व्रत कथा आजदेखि सुरु