अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको छ: मन्त्रालय

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोग गरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए । उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ ।

उनले भने, “काठमाडौँ उपत्यका जोड्ने सडकमा सामान्य क्षति भएका स्थानमा मर्मत गरी आजै अबेरसम्म यातायात सञ्चालनमा ल्याउन निर्देशन भएको छ । मन्त्रालयले राष्ट्रिय महत्वका राजमार्गसहित बढी क्षति भएका सडकको अवरोध हटाई यातायात सञ्चालन गर्ने कामलाई मन्त्रालयले प्राथमिकता दिएको प्रवक्ता ढकालले बताए। उनका अनुसार बाढी–पहिरोबाट छ वटा पुल पूर्ण रूपमा क्षति भएको छ ।

बाढी–पहिरोबाट क्षति भएका सडक विभाग मातहतका आयोजनालाई जतिसक्दो चाँडो मर्मत गरी सञ्चालन ल्याउने र त्यो सम्भव नभएको अवस्थामा वैकल्पिक उपायसमेतका लागि कार्य योजनासहितको प्रतिवेदन पेस गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले खाल्डाखुल्डीसहित बढी बिग्रिएको काठमाडौँस्थित नाग पोखरी क्षेत्रको सडक र उपत्यकाभित्रका नदी किनारका बढी प्रभावित करिडोर सडकमा यातायात सहज रूपमा सञ्चालनमा केही समस्या रहेको प्रतिक्रिया दिए। करिडोर सडकमा खोलाबाट पसेको हिलो पन्छाउने काम तदारुकताका साथ भइरहेको छ ।

उनले भने, “काठमाडौँ उपत्यका प्रवेश गर्ने कुनै पनि नाका खुलेको छैन । बिपी राजमार्गको काभ्रेभञ्ज्यङ खण्डमा सडक भत्किएको छ भने दोलाल घाटतर्फ जाने सडक पनि सञ्चालनमा छैन ।” पृथ्वीराजमार्गको झ्याप्ले खोलालगायत बाहिरका सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ । सुरुआती समयमा एक सय स्थानमा सडक अवरुद्ध भएकामा अहिले करिब ४० स्थानमा खुलाइसकिएको छ ।

समग्रमा उपत्यकाभित्रको सवारी व्यवस्थापनमा अहिले असहज अवस्था नरहेको बताउँदै प्रवक्ता ढकालले आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरी युद्ध स्तरमा खटिएर देशभरको सडकमा यथाशक्य छिटो यातायात सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

  • Related Posts

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    काठमाडौं, १४ वैशाख/नेपाल विद्युत प्राधिकरणले हाल विद्युत आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार हाल देशभर विद्युतको…

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 83 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-