अष्ट्रेलियामा ‘नेपाल महोत्सव’ हुँदै

काठमाडौँ । आगामी मङ्सिर ८ गते अष्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सव डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुने भएको हो ।

नेपाली कला संस्कृति रीतिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्भाव एकता र भाइचारा बढाउन महोत्सव आयोजना गरिएको आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए ।

करिब ५० हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी छ महिना अगाडिबाट गरिएको हो । नेपाली परम्परा, संस्कृति, वेशभूषा र खानालाई बाहिरी मुलुक र समाजसँग परिचित गराउने मुख्य अभियान रहेको उनको भनाइ छ ।

यो महोत्सवले देश चिनाउने अवसरसँगै नेपाली समाजलाई एकसुत्रमा बाँध्ने कामका साथै बहुसांस्कृतिक समुदायलाई नेपाली समाजसँग चिरपरिचित गराउन मद्दत गर्ने संयोजक कुँवरले बताए । “यसपालिको महोत्सवमा अष्ट्रेलियामा बढ्दो पछिल्लो पुस्ता अर्थात् यहाँ जन्मेका नेपाली बालबालिकालाई नेपाल के हो भनेर चिनाउने र एक दिन भए पनि नेपाली पोसाकमा सजिएर नेपाली झण्डा बोक्दै म नेपाली हो भनेर चिनाउने मौका पाउँछन्”, उनले भने, “अष्ट्रेलियाको उच्च राजनीतिक तहमा हाम्रो समुदायको उपस्थिति प्रदर्शन गर्ने यो एउटा गतिलो अवसर हो ।”

कुँवरका अनुसार महोत्सवस्थल तोमलोङ पार्कमा १४ वटा खाद्य स्टल र चाइनिज गार्डेनमा थप ३५ वटा स्टल रहने छन् । नेपाली समुदायका गतिविधि, व्यापारिक उत्पादन, शैक्षिक परामर्श, नेपाली खाना ढिँडो, गुन्द्रुक, मःमः सेल रोटीलगायत, नेपाली हस्तकलासम्बन्धी सामान प्रदर्शन गरिने छ ।

यसपालि बागमती हस्तकलाले विशेष ‘ह्याण्डीक्राफ्ट’ प्रदर्शनी गर्ने उनको भनाइ छ । महोत्सवको लागत करिब दुई लाख ५० हजार डलर अनुमान गरिएको छ ।

  • Related Posts

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा…

    पहिलो

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 83 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 153 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 91 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 138 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    • June 15, 2025
    • 94 views
    अन्तरास्ट्रिय योग दिवसको तैयारी बारे भारतको महावाणिज्य दूतावास द्वारा जानकारी-

    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-

    • June 10, 2025
    • 127 views
    सशस्त्र प्रहरी बल पर्साद्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु भन्सार दाखिला-