अस्ट्रेलियाको टी-२० विश्वकपमा विजयी शुरुवात, आयरल्याण्ड ६७ रनले पराजित

अस्ट्रेलियाले जारी टी-२०  विश्वकपमा विजयी शुरुवात गरेको छ ।  बुधबार सम्पन्न यस विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको हो । 

अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १६.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो ।    

आयरल्याण्डका लागि जर्ज डकवेलले सर्बाधिक ४१ रन बनाएका थिए ।  त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र नाथन इलिसले ४-४ किकेट लिएका थिए ।  यसअघि समुह बीको यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ४५ रन बनाए भने जोस इंगलिस र माट रेनशाले ३७-३७ रनको योगदान दिएका थिए । त्यस्तै क्यामरुन ग्रीनले २१ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्डका बलर मार्क अडैरले २ विकेट लिएका थिए ।

यो अस्ट्रेलियाको पहिलो जित हो भने आयरल्याण्डको लगातार दोस्रो हर हो । अस्ट्रेलियाले अब अर्को खेल आगामी शुक्रबार जिम्बाबेसँग खेल्ने तालिका छ भने आयरल्याण्डले आगामी शनिबार ओमानसँग खेल्ने छ । 

  • Related Posts

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका  स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाले विगतका दिनहरूमा भएका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्ने बताएका छन् ।  प्रशिक्षकमा नियुक्त भएपछि पहिलो पटक शुक्रबार…

    गिल र द्रविडलाई बार्षिक पुरस्कारबाट सम्मान गर्दै भारतीय क्रिकेट बोर्ड

    भारतीय क्रिकेट नियन्त्रण बोर्डले यस वर्षको ‘क्रिकेटर अफ द इयर’ पुरस्कार भारतीय टेस्ट र एकदिवसीय टोलीका कप्तान शुभमन गिललाई प्रदान गर्ने भएको छ । त्यस्तै भारतका पूर्व खेलाडी तथा पूर्व…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 15 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना