अस्ट्रेलियाले एसेज सिरिज ४-१ ले जितेको छ । सिरिजको को पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले ५ विकेटले जितेर सिरिज ४-१ ले जितेको हो ।
टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको १६० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर पुरा गरेको हो ।
यसअघि इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा ३४२ रन बनाएर अलआउट भएपछि अस्ट्रेलियाले १६० रनको लक्ष्य पाएको थियो । अस्ट्रेलियाले पहिलो इनिंगमा ५६७ रन बनाएर अलआउट भएको थियो । यस क्रममा स्टिभ स्मिथले १३८ र ट्राभिस हेडले १६३ रन बनाएका थिए ।
यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै जो रुटको १६० रनको शतकीय पारीको मद्धतले ३८४ रन बनाएको थियो ।
५ खेलको सिरिज अस्ट्रेलियाले शुरुका तीन टेस्ट लगातार जितेर सिरिज आफ्नो नाममा गरेको थियो भने चौथो टेस्ट इङल्याण्डले जितेको थियो । यो सिरिज सकिएसँगै अस्ट्रेलियाका ब्याट्सम्यान उसमान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले यसअघि नै यो टेस्ट आफ्नो क्यारियरको अन्तिम टेस्ट भएको घोषणा गरेका थिए ।









