आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

वीरगञ्ज (पर्सा) । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताएका छन् । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताए ।

“केडिया आँखा अस्पतालले मधेस मधेसमा मात्रै नभई बागमती र छिमेकी मुलुकका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ”, उपराष्ट्रपति यादवले भने, “दक्ष जनशक्तिबाट मधेश प्रदेशको बारा र पर्सा जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने उद्देश्यको साथ सञ्चालित यो अस्पतालमा पछिल्लो समय बागमती प्रदेशको मकवानपुर, मधेस प्रदेशको रौतहट र सर्लाहीको पश्चिम भेग तथा छिमेकीमूलक भारतको विहार र उत्तर प्रदेशका जनसमुदायलाई पनि जनसेवा प्रवाह गर्दै आएको खुसी व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले विगत ५० वर्षदेखि आँखाका बिरामीका लागि सहज पहुँचको व्यवस्था मिलाउँदै आइरहेको बताए । “यो क्षेत्रको महत्त्वपूर्ण हिस्सा रहेको यो अस्पतालले आफ्नो स्थापनाकालदेखि आँखा उपचारमा उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको छ”, उनले भने, “समयानुकूल आँखा अस्पतालको सेवा पनि विस्तार गर्दै आइरहेको छ । आगामी दिनमा अझै गुणस्तरीय आँखाको उपचार सेवा प्रदान गर्न अनुरोध गर्दछु ।” उपराष्ट्रपति यादवले आँखा अस्पताललाई मुलुकै नमुना अस्पतालको रूपमा विकसित गर्नका लागि पनि अनुरोध गरे ।

“अस्पतालले ५० वर्षे योगदानलाई स्मरण गर्दै विगतका कमीकमजोरीलाई सुधार्दै बढ्नका लागि पनि जरुरी छ”, उनले भने, “अस्पतालले उच्चस्तरीय उपचार सेवालाई अझै सशक्तीकरण गरेर दृष्टिमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ अग्रसर हुन अनुरोध गर्दछु ।” उपराष्ट्र यादवले सोमबार अस्पतालको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिएको दृष्टि स्तम्भ र अस्पतालको नयाँ प्रस्तावित भवनको शिलान्यास पनि गरे ।

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालका अध्यक्ष राजेशकुमार केडियाले ५० वर्षअघि वीरगञ्जको लोहारपट्टीमा पाँच शय्याको आँखा अस्पताललाई अहिले एक सय ७५ शय्याको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न सकेको बताए।

“५० वर्षको अवधिमा अस्पतालले २७ लाखभन्दा धेरै बिरामीको आँखाको उपचार गरेका छौँ । सो अवधिमा आँखाको शल्यक्रिया पनि झण्डै चार लाखको हाराहारीमा गरेका छौँ । जसमध्ये एक लाख ८२ हजार जनाको आँखाको शल्यक्रिया निःशुल्क गरेका छौँ”, उनले भने, “आगामी दिनमा अस्पतालको सेवालाई अझै उच्चस्तरीय बनाउँदै आँखाको बैंक पनि स्थापना गर्ने घोषणा गर्दछौँ ।”

सोही अवसरमा स्वर्गीय हीरालाल केडिया सम्मानबाट प्रा.डा.सुनु दुलाल सम्मानित भएका छन् । रू दुई लाख ५१ हजार एक सय ५१ नगद पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसैगरी दृष्टिविहीन बालबालिका तथा शारीरिक रूपमा अशक्त भएकालाई नगदसहित ह्विलचेयन पनि प्रदान गरिएको थियो । नेत्रज्योत्ति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्त, प्रा.डा. देवनारायण साहले नेपालको आँखाको उपचारमा पछिल्लो समय निकै राम्रो सुधार भएको बताए ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-