आँबुखैरेनीबाट ४ लाखबढीको फूल बिक्री

तनहुँ । आँबुखैरेनी गाउँपालिका-१ स्थित सयपत्री याञ्चोकटार लघुउद्यमी महिला समूहले दसैँ र तिहारमा रु चार लाखबढीको फूल बिक्री गरेको छ । गाउँपालिका मातहतबाट पहिलो र दोस्रो चरणमा गरी उक्त मूल्य बराबरको फूल बिक्री गरेको हो ।

समूहले प्रतिकिलो रु तीन सय ५० र प्रतिमाला रु एक सयमा बिक्री गरेको जनाएको छ । उत्पादित फूल स्थानीय बजारका साथै पोखरामा बिक्री गरिएको समूहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । उनका अनुसार तेस्रो र चौथो चरणको फूल छठ, एकादशी र मङ्सिरमा हुने बिहेबारीलगायत अवसरमा रु लाख ५० हजार बराबरको बिक्री गर्नेगरी तयारी भइरहेको छ ।

समूहमा आबद्ध ७० जना महिलाले ४० रोपनी क्षेत्रफलमा ४० हजार सयपत्री फूलका बिरुवा लगाएका अध्यक्ष गुरुङले बताइन्। गाउँपालिकाले महिलाको आयआर्जन वृद्धि गर्दै पालिकालाई फूलखेतीमा आत्मनिर्भर बनाउन ८५ प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि महिलाहरू फूल खेतीतर्फ आकर्षित भएका हुन् ।

तेस्रो र चौथो टिपाइका लागि सुक्ष्म खाद्यतत्व प्रयोग गर्ने योजना रहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले बताए । पालिकाले उत्पादित फूलको बजारीकरणमा समन्वय गर्दै आएको भन्दै आगामी वर्षदेखि अनुगमन र निगरानी पनि गर्ने उनले जानकारी दिए ।

केसीले भने, “समूहका महिला फूल उत्पादन र बिक्री गर्न सक्षम भइसकेका छन् । यसलाई व्यावसायिक बनाउन पालिकाले अनुगमन गरी थप योजना बनाउँदै जानेछ ।” यहाँ उत्पादित फूल र माला आकर्षक भएकाले बाहिरबाट निर्यात फूलले प्रतिस्पर्धा गर्न नसकेको बताए ।

कृषि शाखा प्रमुख केसीले अन्य जिल्लाबाट पनि माग बढी भएकाले सोअनुसार फूल र माला उपलब्ध गराउन नसकिएको बताए । यस वर्षको पहिलो चरणमा ‘ए ग्रेड’को तीन सय सयपत्री माला कतार निर्यात गरिएको जनाए । उनले भने, “प्रतिमाला आधा किलो तौलको थियो । गत वर्ष रु दुई लाख ५० हजारको फूल र माला बिक्री गरेका थियौँ ।”

आँधीमूल र याञ्चोक महिला समूह एक भई याञ्चोकटार लघुउद्यमी महिला समूह बनेसँगै यस वर्षदेखि सामूहिक रूपमा फूल खेती थालेका हुन् । केसीले भने, “महिला समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ ।”

महिलालाई सशक्तीकरण बनाउने उद्देश्यले फूलखेतीलाई प्राथामिकता राखी अनुदानसहित प्राविधिक र बजारीकरणमा सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । “यसले महिला आर्थिक रूपले सक्षम हुनुका साथै पालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउन सहयोग पुगेको छ”, उनले भने ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 17 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-