आइसिसी टि ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ, १० असार : आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य पन्छाउने क्रममा इङ्ल्यान्डले ९ दशमलव ४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै फिल साल्ट २१ बलमा २५ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका १८ दशमलव ५ ओभरमा एक सय १५ रनमा समेटिएको थियो । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक ३० रन र कोरी एन्डरसनले २९ रन जोडे । त्यस्तै हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए भने स्याम करन र आदिल राशिदले समान दुई दुई तथा लियम लिभिङस्टोनले एक विकेट लिए । यस जितसँगै इङ्ल्यान्ड अन्तिम सुपर आठको समूह २ मा तीन खेलबाट चार अङ्कका साथ सेमिफाइनलमा पुगेको हो । समान दुई खेलमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिजको दुई अङ्क छ । अमेरिका भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बहिरिएको छ । सोही समूहमा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको अहिले प्रतिस्पर्धा जारी छ ।

  • Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चीनमा शहरी रोजगारीमा वृद्धि

    चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना