दीपेन्द्र प्रजापति/कालो झोला ।

पर्सा, ०१ भदौ । प्रहरी चौकी, ईनरवा, पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीले आएको दुई महिना मा नै अति कडाईको  साथ सीमावर्ती बजार भारतको रक्सौल बाट बीरगंजको मूल नाका शंकराचार्य गेट बाट प्रवेश हुने विभिन्न किसिमका प्रतिबन्धित लागु औषध इन्जेक्सन देखि लिएर ट्याब्लेट, सिरप तथा अन्य नशिला पदार्थहरु बोक्ने गिरोह देखि लिएर हुँडी कारोबारीहरु समेत निरुत्साहित भएका छन् ।

विशेष सूत्रको अनुसार यस वर्ष नेपाल अधिराज्यको डाटा हेर्ने हो भने हुँडी कारोबारीहरु लाई विभिन्न नाकाहरुबाट पक्राउ गरि लगभग रु. १ करोड ५० लाख दाखिला भएको छ, जस मध्ये रु. ९१ लाख यस प्रहरी चौकी ले मात्र पक्राउ गरेको देखिन्छ ।

नेपाल-भारत खुला सिमानाको कारण यस्ता गतिविधि हुनु यस भेगको लागि कुनै नौलो कुरा होइन । तर पनि स्थानीय प्रहरी-प्रशासनले चाहेमा यस्तो गतिविधिहरू लाई निरुत्साहित पार्न कुनै ठूलो कुरा होइन ।

ठीक त्यस अनुरुप नै वरिष्ठ प्रहरी नायब निरीक्षक भण्डारी कमर कसेर यस्ता गतिविधिहरू लाई निर्मूल पार्न लागि सक्नु भएको यो दुई महिना को तथ्यांकले देखाएको छ ।

दिनहुँ बीरगंज बाट रक्सौल तथा रक्सौल बाट बीरगंज आउने पैदल यात्रु देखि ट्रकहरु समेतलाई चेक जाँच गरेरै छाड्ने व्यवस्था पनि गरेको देखिन्छ ।

यसै क्रममा प्रतिवन्धित लागु औषधमा १२ जनालाई नियन्त्रणमा लिएको, नेपाल बाट भारत जाने क्रममा महिला तथा बालबालिका गरि ४२ जनालाई उद्धार गरेका छन् भन्ने  हुण्डी तथा लागु औषध मा प्रयोग गरिएको १० वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएका छन् ।

यति मात्र नभई उक्त प्रहरी चौकी अगाडी रहेको शंकराचार्य गेट मा चेक जाँच को लागि खटिएका प्रहरी जवानहरुले गरेको गल्तीहरुलाई माफ नगरि ७ जना लाई कार्वाही गरि जिल्ला प्रहरी कार्यालय, पर्सामा फिर्ता पनि पठाएका छन् ।