दीपेन्द्र प्रजापति/कालो झोला ।
महोत्तरी, २९ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरी ले आचरण विपरीत कार्य गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनी लाई शुक्रबार निलम्बन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय, पर्सा मा दरबन्दी रहेको आई.डि.नं. ४५०६४ का सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनी रवाना गरेको कार्यालयमा हाजिर हुन नगई सशस्त्र प्रहरी कर्मचारीको आचरण विपरीत बिरगंज महानगरपालिकाको बसपार्क ईलाकामा गई स्थानिय व्यपारीहरु सँग झै झगडा गरी सशस्त्र प्रहरी बल, नेपालको प्रतिष्ठामा आँच आउने कार्य गरेको हुँदा निज सशस्त्र प्रहरी सहायक हवल्दारलाई सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम आवश्यक छानबिनको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट निलम्बन गरिएको हो ।