आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज(आइतबार)देखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो ।

यस्तै, च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।

  • Related Posts

    गुण्डुमा ‘ओली कुटी’ को निर्माण सुरु, राधिका शाक्यले गरिन् शिलान्यास

    भक्तपुर । भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ । एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास…

    सिन्धुली र रामछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै, मन्त्री घिसिङको अनुगमन

     सिन्धुली र रामेछापको सीमा रहेको सुनकोशी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ ।  गत वर्षको असोजको भारी वर्षाका कारण रोशीखोला र सुनकोशी नदीमा आएको बाढीले नेपालथोक…

    पहिलो

    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    • December 4, 2025
    • 123 views
    सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न-

    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    • December 4, 2025
    • 19 views
    चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    • December 4, 2025
    • 23 views
    समाजलाई जीवन्त राख्न सास्ंकृतिक अभियानहरुको आवश्यकता छ- प्रधानमन्त्री कार्की

    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    • December 4, 2025
    • 16 views
    पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

    प्रधानमन्त्री कार्कीबाट निर्वाचन केन्द्रित छलफलका लागि सर्वपक्षीय बैठक आव्हान

    • December 4, 2025
    • 20 views