आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विश्वभर मनाइदैछ । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट मान्यता पाएसँगै हरेक बर्ष सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन थालिएको हो ।

बहिराको अन्तर्राष्ट्रिय सप्ताहको भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो ।

सेप्टेम्बर २३ कै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि सेप्टेम्बर २३, १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार मानेर अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन सुरु गरिएको हो ।

महासंघ स्थापनाको सात वर्षपछि अर्थात् सन् १९५८ सेप्टेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय बहिरा सप्ताहको रूपमा मनाइएको थियो । त्यस बेलादेखि बहिरा सप्ताह संसारभर वैश्विक आन्दोलनको स्वरूपमा विकसित भएको थियो ।

विश्व बहिरा महासंघका अनुसार संसारभर करिब सात करोड २० लाखभन्दा बढी बहिरा मानिसहरू रहेका छन् । यीमध्ये ८० प्रतिशतभन्दा बढी बहिराहरू विकासशील राष्ट्रमा रहेका तथ्यांक छ । महासंघकै तथ्यांक हेर्ने हो भने ३०० भन्दा बढी विभिन्न सांकेतिक भाषाहरू संसारभर प्रयोगमा रहेका छन् ।

  • Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 18 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 30 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट