आज काग तिहार मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको चाड यमपञ्चक सुरु भएको छ । 

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज आइतबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ । समितिले यमदीपदान पनि आजै शुरु हुने जानकारी दिएको छ ।

कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।  यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू भएको छ  । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ । 

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

त्यस्तै औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४: २९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइने समितिले जनाएको छ ।

  • Related Posts

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । …

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    ।काठमाडौँ । प्रहरीले बाँके र नवलपरासीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।   बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई…

    पहिलो

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 23 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    • November 11, 2025
    • 56 views
    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    • November 11, 2025
    • 56 views
    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

    • November 11, 2025
    • 49 views
    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो