आज तमु ल्होसार मनाइँदै

 आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।

  • Related Posts

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले डेढ बर्षअघि बेपत्ता भएको गणपति डिलक्स गाडीको अवशेष त्रिशुली किनारमा भेटिएको छ ।  बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो । बसको अवशेष पुस २७ गतेदेखि…

    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

    गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । प्रशान्तको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार मंगलबार अन्त्यष्टि गरिएको हो ।  प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ…

    पहिलो

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    • January 13, 2026
    • 15 views
    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    • January 13, 2026
    • 13 views
    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    • January 13, 2026
    • 15 views
    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    • January 13, 2026
    • 14 views
    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त