आज न्वागी मनाउँदै चेपाङ समुदाय

चितवन । चेपाङ समुदायले आज छोनाम (न्वागी)पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उ उनले बताए । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो ।

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।

उनका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।

चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।

न्वागीमा चेपाङ झाँक्री ९पान्दे०ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताए ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

  • Related Posts

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, सुवर्णपुर ले आज दिउँसो करिब ०३:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा ९१ किलो…

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ ।  उच्च अदालत तुलसीपुर्को बुटवल…

    पहिलो

    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    • December 11, 2025
    • 101 views
    सीमा सुरक्षा गुल्म सुवर्णपुर द्वारा ९१ किलो गाँजा बरामद-

    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    • December 11, 2025
    • 6 views
    रवि को मुद्धाको पेसी न्यायाधीश विष्ट र पौडेलको इजलासमा

    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    • December 11, 2025
    • 9 views
    ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं- महेश बस्नेत

    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    • December 11, 2025
    • 12 views
    तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारिश गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई काँग्रेसको निर्देशन

    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    • December 10, 2025
    • 105 views
    नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेज बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता-

    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट

    • December 10, 2025
    • 14 views
    प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट