आज राष्ट्रिय भक्का दिवस मनाइदै

आज राष्ट्रिय भक्का (भाक्का) दिवस मनाइदै छ । आदिवासी राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्का (भाक्का) लाई हरेक वर्ष पुस २९ लाई दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समितिले राष्ट्रिय भक्का दिवस मनाउँदै आएको छ । 

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भक्का दिवस मनाउँदै आएको छ । 

पूर्वी तराईका राजवंशी समुदायका छोरी चेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ । भक्का राजवंशी समुदायको मौलिक परिकार हो । जाडोयाम सुरु भएसँगै चोक चोकमा विहान बेलुका भक्का बनाएर बेच्ने चलन पनि छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार खाजाको रुपमा खाने प्रचलन बसिसकेको छ ।

कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालदेखि पुस २९ लाई राष्ट्रिय भक्का दिवसको रुपमा मनाउँदै आएको बताइएको छ ।

  • Related Posts

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

     सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५…

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौंमा आकर्षक तलबमा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्दै आएका झापा अर्जुनधारा नगरपालिका-६ का…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 30 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ