आज विश्व शौचालय दिवस मनाइदै

काठमाडौँ । आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ । 

यस बर्षको विश्व शौचालय दिवसको विषयवस्तु ‘परिवर्तनशील संसारमा सरसफाइ’ रहेको छ, जसको प्रमुख अभियान नारा ‘हामीलाई सधैं शौचालयको आवश्यकता पर्नेछ’ भन्ने रहेको छ। यो विषयवस्तु जलवायु परिवर्तन, शहरीकरण, बसाइँसराइ र असमानता जस्ता चुनौतीहरूले कसरी सरसफाइमा पहुँचलाई पनि कठिन बनाएका छन् र सबैका लागि लचिलो, जलवायु-लचिलो सरसफाइ प्रणाली निर्माण गर्ने आवश्यकतामा केन्द्रित रहेको छ ।

सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानव बस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।

 मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ ।

दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ।तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउनमा प्रगति भने सुस्त गतिमा छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो । राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन्।खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

  • Related Posts

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    काठमाडौँ । अष्ट्रेलियाको बोन्डी समुद्र तटमा दुई आक्रमणकारीले यहूदीहरुको समूहमाथि गोली चलाएका छन् । यस घटनामा कम्तिमा १० जनाको मृत्यु भएको बताइएको छ । गोली लागेर १२ जना घाइते भएको…

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् । बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो ।…

    पहिलो

    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    • December 14, 2025
    • 8 views
    मन्त्री सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मेवारी

    एमालेको बन्द सत्र शुरु

    • December 14, 2025
    • 8 views
    एमालेको बन्द सत्र शुरु

    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    • December 14, 2025
    • 2 views
    अष्ट्रेलियामा गोली प्रकरण: १० जनाको मृत्यु, १२ जना घाइते

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 9 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 12 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक