आज समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण र निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउदै निर्वाचन आयोग

 निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ ।

आयोगले आज बिहान समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको हो ।

समानुपातिक सांसदलाई प्रमाणपत्र दिएर राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएपछि आयोगले आज साँझ पत्रकार सम्मेलनको समेत आयोजनासमेत गरेको छ ।

आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने भएको छ । 

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर दुई तिहाई नजिकको जनादेश पाएको छ । आयोगले आज समानुपातिक निर्वाचनतर्फ निर्वाचित ११० सांसदलाई प्रमाण पत्र दिने जनाएको छ । जसमा रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रपाबाट ४-४ जना सांसद निर्वाचित भएका छन् ।

यसैबीच नवनिर्वाचित सांसदहरुको शपथ करिब चैत्र १२ गते खुवाउने र नयाँ प्रतिनिधिसभाको पहिलो बैठक १५ गते बस्ने गरि तयारी अगाडी बढेको बुझिएको छ । संसद अधिवेशनका लागि सिंहदरबारमा निर्माणाधीन संसद भवनकै नजिक अस्थायी हल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

  • Related Posts

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । पराजुली काठमाडौँ- ७ बाट प्रत्यक्षतर्फ लगातार दोस्रो पटक निर्वाचित सांसद हुन् ।  त्यस्तै विहिबार बसेको…

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 27 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 21 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 23 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 21 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 138 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 20 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ