आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण शुरु, उपचार गर्न देशभरका १६ जेनजी क्लिनिक

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि काठमाडौँसहित देशभरका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र वितरण गरी क्लिनिक शुभारम्भ गरेका हुन् । आजैदेखि परिचयपत्र वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गरिएको हो । 

काठमाडौं उपत्यकामा वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा जेन-जी क्लिनिक स्थापना गरिएको छ । त्यसैगरी कोशीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल, मधेशमा नारायणी अस्पताल र गजेन्द्रनारायण अस्पताल र बागमतीमा भरतपुर अस्पतालमा क्लिनिक स्थापना गरिएको छ । त्यस्तै गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

मन्त्रालयले घाइते भएका व्यक्तिलाई उपचारमा सहजीकरण गर्न सम्पर्क व्यक्ति र फोन नम्बरसमेत सार्वजनिक गरेको छ । जसमा गृह मन्त्रालयकी उपसचिव सुप्रभा ढुंगेल (९८४१६०८३०५) र स्वास्थ्य मन्त्रालयका भक्त केसी (९८६८८२०२३४) लाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयले जनाएको छ ।

साथै घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन हुने मन्त्रालयले जनाएको छ । त्यस्तै फलो-अपमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालको सहजीकरणमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    जय बागेश्वरीमा व्रह्माको मन्दिर उद्घाटन

    काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाह जेनजी आन्दोलनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखिएका छन् । शुक्रबार बालेनले व्रह्माको मन्दिर समुद्घाटन गरेका हुन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट