आप्रवासी फर्काउने योजना कार्यान्वयन गर्छु : डोनाल्ड ट्रम्प

काठमाडौँ । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् ।

सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् ।

अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । उनले अगाडि भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई निर्वासन गर्ने योजनाको विकल्पै छैन ।’

चुनावी अभियानको क्रममा ट्रम्पले लाखौँ अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए ।

ट्रम्पले आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा विजयी भएको उल्लेख गरे । उनले यो चुनावमा आफ्ना अभियानले धेरै थरीका मतदातालाई आकर्षित गरेको बताए ।

उनले सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने बताए । ‘तपाईँलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाईँ अमेरिका आउन सक्नुहुन्न भनोस्, हामी मानिसहरू यहाँ आउन् भन्ने चाहन्छौँ,’ उनले भने, ‘जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागू औषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् किनकि उनीहरू यहाँ बस्ने छैनन्।’

चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उनले जानकारी गराए ।

  • Related Posts

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख…

    उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा…

    पहिलो

    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    • May 23, 2025
    • 55 views
    महानगर द्वारा आयोजित सिप विकाश तालिम सम्पन्न, महिलामा सीप र आत्मनिर्भरता अभिवृद्धिको अपेक्षा-

    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    • May 23, 2025
    • 52 views
    वीरगंजमा बेकरी उद्योगको निरीक्षण : सरसफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन-

    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    • May 23, 2025
    • 64 views
    वीरगंजको भोजपुरी प्रतिष्ठान द्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन-

    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    • May 22, 2025
    • 116 views
    यस बर्ष नेपाल बाट हजारौंको संख्यामा मुस्लिम धर्मावलम्बीहरू हज गर्न मक्का प्रस्थान-

    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    • May 20, 2025
    • 125 views
    सशस्त्र प्रहरी बल पर्सा द्वारा भारी मात्रामा लागु औषध बरामद-

    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-

    • May 19, 2025
    • 152 views
    तुलसीपुर की उप मेयर चौधरी र बीरगंज का उप मेयर बीच भेंट वार्ता, न्यायिक समितिमा परेको मुद्दा बारे छलफल-