आफुलाई थुन्न आयोग बनाइयो, बयान दिन जान्न- ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफुलाई थुन्न आयोग बनाइएको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भन्नेलाई नै छानबिनको जिम्मा दिइएको बताएका छन् । साथै उनले यस्तो आयोगलाई आफुले बयान नदिने स्पष्ट गरेका छन् । उनले भने- ‘कसले कस्ता आयोग बनाउछ त्यस्तो आयोगमा केपी ओली बयान दिन जादैन ।’ 

ओलीले आफ्नो सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयमा बोल्दै भने- ‘डेढ वर्षदेखि नेपालमा अनुत्तरदायी भएर चलाउन पाइँदैन, दर्ता हुनुपर्छ । लिखिति, मौखिक पत्राचार गरेका थियौँ  । राष्ट्रको स्वाभिमान हुँदैन ? आदत लागेको छ । हत्तपत्त म कुनै पनि कुराको एडिक्ट हुन्न । देशको स्वाभिमान भन्दा ठूलो मेरो आदत हुँदैन ।’

उनले पार्टीको नेतृत्व गर्नसक्ने सयौं मानिस रहेको बताउदै एमालेमा नेतृत्वको अभाव नरहेको बताए । उनले पार्टीमा अहिले कप्तान ओली नै हो भन्ने राय रहेकोले आफु नेतृत्वमा रहेको स्पष्ट गरे ।  उनले पार्टी नेतृत्व छोड्ने विषय समय र आवश्यकताको कुरा भएको भन्दै अमेरिका, भारत, चीनलागायतका देशमा आफु भन्दा बढी उमेरका व्यक्तिहरुले नेतृत्व गरिरहेको उदाहरण दिएका थिए ।

ओलीले देश र जनताप्रति आफू बफादार भएको पनि बताउदै त्यो कसैलाई मन नपर्नु व्यक्तिगत कुरा भएको टिप्पणी गरे  ।

  • Related Posts

    लिङ्देन र थापाबीच भेटवार्ता

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ । मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।…

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    पहिलो

    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    • November 11, 2025
    • 44 views
    थाइल्याण्ड र कम्बोडियाबीच फेरी विवाद, दुवै देशका सेनाले के भने ?

    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    • November 11, 2025
    • 41 views
    पाकिस्तानको इस्लामाबादमा अदालत बाहिर विस्फोट, १२ जनाको मृत्यु

    लिङ्देन र थापाबीच भेटवार्ता

    • November 11, 2025
    • 27 views
    लिङ्देन र थापाबीच भेटवार्ता

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 25 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ