आफ्नो महाधिवेशन गर्न सकिदैन भन्न मिल्दैन- चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो पार्टीको महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने तर्क गरेका छन् । कांग्रेसमा महाधिवेशन बारे विवाद भएको बेला नेता भण्डारीले नेकपा एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेसले महाधिवेशन गर्न सकिदैन भन्न नमिल्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै भण्डारीले कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाएको उल्लेख गर्दै काँग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने बताएका हुन् । 

उनले भनेका छन्:

यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रीत हुने समय हो । यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ । कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउछ। 

काग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन । एकातिर— काँग्रेसको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षर सहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टीमा बुझाइ सकेको छ । जवकी, अधिवेशन नियमित प्रक्रिया हो । साथै पार्टीको जीवन्तता । अर्कोतर्फ — तत्कालिन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ । तसर्थ, कांग्रेसले राष्ट्यि मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिदैन भन्न मिल्दैन । बजारमा तर्क र विचार बिक्छ, तर विक्दैन – सकिदैन भन्ने मात्र तर्क ।

  • Related Posts

    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ ।  रास्वपाले सहभागी हुन इच्छुक…

    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा…

    पहिलो

    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    • December 7, 2025
    • 10 views
    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    • December 7, 2025
    • 11 views
    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    • December 7, 2025
    • 9 views
    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    • December 7, 2025
    • 11 views
    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    • December 7, 2025
    • 12 views
    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-

    • December 6, 2025
    • 119 views
    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-