आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

काठमाडौँ । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरू मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।

उनीहरूले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरू प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन् । उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीहरूले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘र्‍यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन् ।

प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरु हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना(एक्याप) को भूमिका, आरोहणको क्रममा हुने ‘बडि वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसबास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको उक्त प्रयोगात्मक आरोहणका प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिए । आरोहणमा पेम्बासँगै अर्का प्रशिक्षक नरबहादुर अस्थानीसमेत सहभागी थिए ।

पिक प्रोमोसन प्रालि नामक कम्पनीले गाँसबास तथा आरोहण अनुसन्धानको व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त कम्पनीका प्रबन्ध निर्देशक आङबाबू शेर्पाले विद्यार्थीले गरेको यो अध्ययन आरोहण ऐतिहासिक भएको प्रतिक्रिया दिए ।

‘प्लस टु’ पछि पढ्न पाइने बिएमएस अर्थात् ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ का विद्यार्थीहरूले पढाइ सक्ने बित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ । हाल बिएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चार जना पाइलटसमेत अध्ययनरत छन् ।

  • Related Posts

    नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुभारम्भ

    रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको एघारौँ संस्करण शुरु भएको छ ।  तालिमको प्रधानसेनापति अशोक राज सिग्देलले…

    स्रोत नखुलेको नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

    काठमाडौं महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको नगद १० लाख ६३ हजार ८४० रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय