दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३० असोज । हरि खेतान बहुमुखी क्याम्पस, बीरगंज का क्याम्पस प्रमुख किशोरी राय निलम्बित भएका छन् ।
उक्त क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले क्याम्पस प्रमुख रायले क्याम्पस प्रमुख पदमा रही कार्य गर्दा आर्थिक अनियमितता समेत गर्ने गरेको हुनाले क्याम्पस प्रमुख पद बाट पद मुक्त गरी पाउँ भनी आन्दोलन गर्दै माँग पत्र समेत पेश गरेको हुँदा माँग पत्रमा उल्लेखित विषय समेतमा केन्द्रीत रही छानबिन गर्न को लागी छान बिन समिति गठन गर्नु पर्ने भएको हुँदा निज क्याम्पस प्रमुख पदमा कार्यरत रहँदा छानबिन कार्य प्रभावित हुन सक्ने भएकोले निजलाई बुधबार देखि निलम्बन गरिएको छ ।यसै क्रममा हाललाई क्याम्पस प्रमुखको कार्य गर्नको लागि रविन्द्र कुमार यादव लाई निमित्त क्याम्पस प्रमुख तोकिएको छ ।










