आर्थिक विधेयकमाथि छलफलः राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड

काठमाडाैँ, ११ असारः सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिनुभयो ।

सांसद जीवन परिवारले आर्थिक विधेयकमा करका दायरा बढाउन भन्दा दर हेरफेरमा मात्रै ध्यान दिइइएकाले राजस्व चुहावटलाई ध्यान दिन आग्रह गर्नुभयो । सांसद उदयशमशेर जबराले जलविद्युत् आयोजनामा शेयर किनबेच गर्दा राजस्व छली हुने स्थिति भएकाले त्यसलाई रोक्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले मुलुकमा प्रगतिशील कर प्रणाली लागू गरी जनताको घाँटी थिच्ने प्रणाली हटाउन माग गर्नुभयो । उहाँले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिक बाटोमा ल्याउने, विदेशमा सम्पत्ति राख्न नपाइने, जलविद्युत् आयोजना विदेशी दिन नहुने, चुरे दोहन गर्न नदिनेजस्ता नीति ल्याएमा मुलुक धनी हुने तर्क राख्नुभयो ।

सांसद प्रभु साहले संविधानले दिएको सम्पत्तिको हकलाई कुनै कानुनले खोस्ने अवस्था आउन नहुने बताउनुभयो । सांसद मनिष झाले मुलुकको आर्थिक स्थिति बलियो नभएको अवस्थामा राजस्वको लक्ष्य निर्धारण गर्दा वास्तविकताका आधारमा गर्न र सङ्कलनका चुनौती सामना गर्ने नीतिमा केन्द्रित हुन सुझाव दिनुभयो ।

सांसद बद्रीप्रसाद पाण्डेले आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र नीतिगत निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । सांसद श्यामकुमार घिमिरेले नेपालमा विश्वका अन्य मुलुकका तुलनामा धेरै करका दर उच्च भएको मुलुक भएको स्थितिमा लगानी अभिवृद्धि हुन नसक्ने भनाइ राख्नुभयो ।

प्रतिनिधिसभाबाट आजै विनियोजन विधेयक, २०८१ पारित भएपछि आर्थिक विधेयकमाथि छलफल सुरु भएको हो ।

  • Related Posts

    दुई सय १३ जना पक्राउ

    भद्रपुर (झापा), ९ माघः चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा,…

    लक्ष्मी सनराइजको नाफा १ अर्ब १६ करोड

    काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१-८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १०…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना