आशा किरण केन्द्रको ११ औँ वार्षिकोत्सवमा नेशनल मेडिकल कलेज सँग स्वास्थ्य सहयोग सम्झौता-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बिरगञ्ज, ०५ पुस । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच आज औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ । यस अवसरमा आशा किरण केन्द्रको ११ औँ वार्षिकोत्सवको विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

सम्झौताको उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक र विकासात्मक चुनौती भएका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो ।

सम्झौता अनुसार नेशनल मेडिकल कलेजले आकस्मिक घटना, आपत्कालीन स्वास्थ्य सेवा र क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ । साथै, ओपीडी, डे-केयर, सामान्य बेड, आईसीयू एनआईसीयू पिक्यू, सर्जरी, प्रयोगशाला परीक्षण, एक्स-रे,भिडियो एक्स-रे, सीटी स्क्यान , एमआरआई, फार्मेसी तथा डेन्टल प्रक्रियामा छुट प्रदान गरिनेछ भने बालबालिकाहरूका लागि छुट विशेष रूपमा लागू हुनेछ ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजबाट डा. इशरत जाहान अन्सारी अस्पताल निर्देशक, इञ्जि. प्रदीप कुमार चौधरी ,सि.आई.ओ. र जितेश चन्द्र दास मार्केटिङ म्यानेजर उपस्थित थिए भने आशा किरण केन्द्रबाट सुनिल गुप्ता संस्थापक एवं अध्यक्ष उपस्थित हुनु भएको थियो ।

default

कार्यक्रममा अन्य प्रमुख व्यक्तित्वहरू पनि उपस्थित थिए, जसमध्ये सशस्त्र प्रहरी पर्सा १३ नम्बर गण एस पी पूर्णचन्द भट्ट , उद्योगपति शुरेश रुँगटा, मानवसेवा आश्रम, बिरगञ्जका संस्थापक देवेश, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता र मुख्य अतिथि डा. बसन्त पन्त अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष रहेका थिए ।

सम्झौता एक वर्षको लागि लागू हुनेछ र आवश्यक्ता अनुसार दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिनेछ । यस कार्यक्रममा स्वास्थ्य सेवा र सामाजिक दायित्वबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

सम्झौताको पक्षमा नेशनल मेडिकल कलेज प्रा. लि. का अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामा दोस्रो विश्व व्यापी बौद्ध शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ माघ । नयाँ दिल्ली मा यही जनवरी २४-२५ मा दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलन (GBS) आयोजना हुदैछ, अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) ले केन्द्रीय संस्कृति…

    काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 29 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 15 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट