आश्विन कृष्ण द्वादशी: फर्पिङको हरिशंकर जात्राको मुख्य दिन

काठमाडौँ । ठूलो खट बोकिने दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशंकर यात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको छ । खट घुमाउने यात्राका रूपमा परिचित यो जात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको हो । भाद्र शुक्ल पूर्णिमादेखि फर्पिङ क्षेत्रका पुरातात्त्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशंकर जात्राको खट घुमाउने परम्पराको आज मुख्य दिन हो ।

यात्राको समाप्ति आश्विन शुक्ल प्रतिपदाका दिन अर्थात् घटस्थापनाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुने दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डंगोल तामाङले जानकारी दिइन्।

यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शंकरका रूपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशंकर यात्रा एवं भक्तपुरको बिस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ । भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् सुरु गरिने जात्राको विधि विधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि सुरु हुने गरेको छ ।

यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिंग शैलीका मूर्तिहरू स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूलो हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ ।

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरूप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धहरू बताउँछन् । फर्पिङको हरिशंकर यात्रा वाणासुरका पालादेखि सुरु भएको विश्वास गरिन्छ । वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबिचको समन्वय समेत रहेको स्थानीयवासीको भनाइ छ । जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने गरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

  • Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    महोत्तरी, ९ माघः निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना