इजरायलको पछिल्लो निकासी आदेशपछि ६० हजार गाजावासी विस्थापित : राष्ट्रसंघ 

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रका मानवतावादी संस्थाले शुक्रबार पछिल्लो इजरायली निकासी आदेशपछि कम्तिमा ६० हजार गाजवासी विस्थापित भई पश्चिमी खान युनूसतर्फ सरेको अनुमान गरेको छ ।  

मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले उत्तरी र दक्षिणी गाजाको लगभग ४३ वर्ग किलोमिटर क्षेत्रमा यस हप्ता इजरायलले निकासी आदेश जारी गरेको जानकारी दिएको छ । 

ओसिएएचएले गाजामा आफ्ना साझेदारद्वारा करिब २३० विस्थापनस्थल, तीन दर्जन भन्दा बढी पानी, सरसफाइ , अस्पतालसहित  स्वास्थ्य सुविधाको व्यवस्था गरेको जनाएको छ ।  

गाजापट्टीको ८० प्रतिशतभन्दा बढी भूभागमा गत अक्टोबरदेखि निकासी आदेश जारी गरिएको अनुमान ओसिएएचएले गरेको छ । विपक्षीहरू बीच बढ्दो शत्रुता, सहायता अवरोध, असुरक्षालगायतका कारण गाजामा सहायता आपूर्ति चुनौतीपूर्ण बनेको कार्यालयले जनाएको छ । 

मे महिनाको सुरुदेखि रफाह क्रसिङ्ग बन्द भएपछि गाजामा सहायताको मात्रा आधाभन्दा बढी घटेको ओसिएचएले जानकारी दिएको छ । यसै गरी विगत तीन महिनामा केरेम शालोम क्रसिङबाट भित्रिने सहायतामा  ८० प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।   

पछिल्लो समयमा मानवीय सहायताका लागि आवश्यक समन्वयको अनुरोधलाई इजरायली अधिकारीहरूले बारम्बार अस्वीकार र अवरोध गरेको ओसिएइचएले जनाएको छ । 

कार्यालयको अनुसार चालु महिनामा उत्तरी गाजामा जारी ६७ सहायता मिसनमध्ये २४ वटालाई मात्र इजरायली अधिकारीहरूले सहयोग गरेका थिए । 

बाँकीलाई सुरक्षा परिचालनलगायतका कारण देखाई रद्द गरेको कार्यालयले जनाएको छ ।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-