इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्‍याइयो

भक्तपुर । यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाडौँ पुर्‍याइएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट नेपाल पञ्चाङ्ग निर्णायक समितिको शुभसाइतमा भक्तपुरको जङ्गलमा काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौँ पुर्‍याइएको केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए ।

यही भदौ ३० गते आइतबार बिहान ८:२६ बजे इन्द्रध्वजोत्थान अर्थात् इन्द्रध्वजासहितको लिङ्गो उठाउन गत बिहीबार बिहान १० बजेर ४७ मिनेटको साइतमा वसन्तपुरबाट भक्तपुर प्रस्थान गरेको केन्द्रीय मानन्धर सङ्घको टोलीले सोही दिन बेलुकी ७ बजे भक्तपुरको चित्तपोलमा पुगेर हनुमानढोका दरबारबाट आएको ब्राह्मणद्वारा पूजा विधि सम्पन्नगरी राति ८:२७ बजेको साइतमा यःसिंको लागि रानी सल्लाको रूख काटिएको थियो ।

शुभसाइतमा पूजा गरेर छाडेको बोकाले जुन रुखमा छुन्छ त्यही रुखलाई काट्ने प्रचलन छ । रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी अर्पण गरेको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय तथा त्रिपुरेश्वरस्थित गुठी संस्थानलाई इन्द्रजात्रासम्बन्धी विभिन्न सांस्कृतिक गतिविधिको शुभसाइत उल्लेखगरी पठाइएको पत्रबमोजिम सङ्घले इन्द्रध्वज (यःसिं) का लागि रानीसल्लाको रुख काटिएको मानन्धरले जानकारी दिए ।

रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्षबढाईं दिएको थियो । भक्तपुरमा यःसिं लिने जानेदेखि काठमाडौँसम्म पुर्‍याएर ठड्याउने र ढाल्नेसम्मको काममा हनुमानढोका दरबारस्थित श्री शार्दूल जङ्ग गुल्म (नेपाली सेनाको गुरूजुको पल्टन)ले सहकार्य गर्दै आएको छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधनागरी परम्परागत शैलीमा मनाइने इन्द्रजात्राको लिङ्गो अर्थात् यःसिं भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीको दिन इन्द्रध्वजोत्थानगरी सुरु हुने इन्द्रजात्रा चौथी अर्थात् इन्द्रध्वज आठ दिनसम्म मनाउने गरिन्छ ।

यस अवधिमा विभिन्न नाच, कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुन्छ । इन्द्रजात्रा र यःसिं ठड्याउने प्रचलनलाई वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ ।

  • Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 126 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-